Logo

दसैको अग्रीम टिकट बुकिङ खोल्न भएन सहमति



काठमाडौं । दसैको अग्रीम टिकट बुकिङ गर्ने विषयमा यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच बसेको बैठक एक सातापछि पुनःबस्नेगरी स्थगित भएको छ ।

यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकमा यातायात व्यावसायीहरुले आवश्यक कार्यहरु पूरा गरी एक सातापछि टिकट बुकिङको मिति निर्धारण भएको आजको कारोबार दैनिकमा मनिका खतिवडाले समाचार लेखेकी छिन् ।

ग्रामीण क्षेत्रका सडकहरुको मर्मत आवश्यक रहेको भन्दै सडक विभागले तीब्रताका साथ काम अघि बढाउनुपर्ने बताएको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हामालले यस वर्षको दसैंमा टिकटको समस्या हुन नदिने ठोकुवा गरेका छन् भने यातायात व्यावसायीहरुले अग्रीम टिकट बुकिङ खोल्नु अगाडि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा हुनुपर्ने माग गरेका छन् ।

बैज्ञानिक भाडा हुनुपर्ने माग राख्दै यातायात व्यवसायीले टिकटको मुल्य बढाएमात्र अग्रिम बुकिङ खोल्ने बताउदै आएका छन ।



प्रतिक्रिया दिनुहोस्