सामसुङको दोश्रो फोल्डेबल फोनको नाम ’फ्लिप फोन’ रहेको छ । जुन सन् २०२० मा बजारमा आउने भएको छ । सामसुङले उच्च श्रेणीको “फ्लिप फोन” मा काम गरिरहेको छ ।
यो स्मार्टफोन फोल्ड हुँदा सानो, कम्प्याक्ट स्क्वायरमा परिणत हुनेछ । यो अवधारणा मोटोरोलाको रेजर फोल्डेबल स्मार्टफोनसँग धेरै मिल्दोजुल्दो देखिन्छ ।
आउँदो मोडेल मार्केटमा हिट हुने र राम्रो पर्दर्शन गर्ने आशा गरिएको छ । फोन पातलो र ग्यालेक्सी फोल्ड भन्दा कम महँगो भनिएको छ । सामसुङले फेशन सचेत उपभोक्ताहरूलाई फोल्डेबल फ्लिप फोन बेच्ने लक्ष्य लिएको छ । उसले अमेरिकी डिजाइनर थोम ब्रोनीसँग काम गरिरहेको छ ।