Logo

विद्यालय जीवनमै दीपिका बहुप्रतिभाशाली



नायिका दीपिका पादुकोणलाई भारतीय राष्ट्रिय सिम्फनी अर्केस्ट्राका अध्यक्ष डा. एशले विलियम जोसेफले विशेष नोट लेखेका छन् । उक्त नोटमा उनीले बाल्यावस्थादेखि नै संगीतमा दीपिका पादुकोणको रुची रहेको खुलासा गरेका हुन् । जोसेफ दीपिकाको शिक्षक पनि हुन् । जेसेफले दीपिकालाई कडा परिश्रम गर्ने, नम्र र सरल आत्मा भएकी बहुमुखी अभिनेत्रीको संज्ञा दिएका छन् ।

नोटमा जेसेफले लेखे– “एक परिश्रमी र सरल आत्मा भएकी अभिनेत्री दीपू ९दीपिका०लाई सधै आफुले के चाहान्छु र गर्नु पर्छ भन्ने थाहा थियो । सर्वप्रथम, दीपु जीवनसँगै स्क्रिनमा पनि हुर्किएकोमा मलाई गर्व लाग्छ । मेरो एक विद्यार्थी भारतको सुपरस्टार भएकोमा मलाई धेरै राम्रो लाग्छ । दीपिका बंगलोरमा ७ वर्ष भन्दा बढी मेरो विद्यार्थी रहेकी थिइन् । उनी खेलकुदमा मात्र नभएर नाच्न, गाउन र अभिनयमा पनि अब्बल थिइन् । देशको सबै भन्दा राम्रो सोफिया ब्रास एन्सेम्बल एण्ड चोएरमा पनि दीपिका सामिल थिइन् । मलाई अझै उनको त्यो चोएरमा गाएको मीठो स्वरको सम्झना छ । म आशा गर्दछु कि एक दिन म फेरि उनको आवाजमा काम गर्न सक्नेछु र उनले आफ्नै एल्बम बाहिर निकाल्ने छिन् । म दीपूलाई फेरी त्यो मनमोहक आवाजमा गाएको हेर्न चाहान्छु । दीपूले अन्तिम पटक संगीत निर्माणका लागि मसँग गाएको ‘फिडलर अन द रूफ’ बंगलोरमा सबैभन्दा धेरै हिट भएको सबैभन्दा प्रख्यात ब्रडवे प्रोडक्सनहरू मध्य एक थियो ।”

जोसेफले पुरानो दिनहरुको सम्झना गर्दै दीपिकाले आफ्नो कडा परिश्रमबाट सबै हासिल गरेको र कसैलाई केहि पनि प्रमाणित गर्न आवश्यक नरहेको उल्लेख गर्नु भयो । जोसेफले दीपूलाई विवाह पछिको नयाँ जीवनको शुभ कामना व्यक्त गर्दै आउने कठिन परिस्थितिहरुको निडर भएर सामना गर्न सल्लाह दिनु भयो । जोसेफले दीपिकालाई सहयोगको लागि सधै साथ दिने जनाएका छन् ।

चलचित्रको सन्दर्भमा, दीपिका पादुकोणले मेघना गुलजारको “छपाक”मा एसिड आक्रमणबाट बाच्ने लक्ष्मी अग्रवाल र कपिल देवकी पत्नी रोमि देवको रुपमा कबीर खानको फिल्म ८३ मा अभिनय गर्ने भएकी छिन् ।

Photo Source: SpotboyE



प्रतिक्रिया दिनुहोस्