काठमाडौँ, भदौ १९ । गृह मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ । गृहले १९ भदौमा सूचना निकाली दरखास्त आव्हान गरेको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन,२०७४ को दफा बमोजिम राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा मन्त्रालयको विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखा, सिहंदरबारमा दरखास्त आव्हान गरेको छ । उम्मेदारले दरखास्तकोसाथ पाँच हजार एभरेष्ट बैंक लिमिटेड सिहंदरबार, काठमाडौँमा रहेको राजश्व खाता नम्बर ००१००१०६२०००००, राजश्व संकेत नम्बर १४२२९ र कार्यालय कोर्ड ३१४००३५०१ मा जम्मा गनुपर्नेछ ।
उम्मेदारले दरखास्त बुझाउँदाको समयमा प्राधिकरणको प्रभावकारी संचालनद्धारा निर्धारित उद्देश्य परिपूर्ति गर्ने र प्राधिकरण संचालनार्थ नेतृत्वदायी भूमिका खेल्ने सम्बन्धी नेपाली वा अंग्रजी भाषामा एफो साइजको कागजमा एकतर्फ मात्र टाइप गरिएको कम्तीमा तीन हजार शब्द भएको सोचपत्र र बढीमा दश हजार शब्द भएको पाँच बर्षे व्यवसायिक कार्य योजनालाई खामभित्र सिलबनदी गरी पेश गर्नुपर्नेछ ।
उम्मेदारले दरखास्त फारम गृह मन्त्रालयको विपद् जोखिम न्यूनीकरण सिहंदरबारको कार्यालय समयमा निशुल्क प्राप्त गर्न सकिने गृहले जनाएको छ । दरखास्त फारमका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,एस.एल.सी माथिका सबै योग्यताको प्रमाणपत्रको प्रतिलिपि,कुनै संघ सस्थामा कार्यरत भएमा विभागीय स्वीकृति पत्रको सक्कल प्रति,उम्मेदारको स्वप्रमाणित व्यक्तिगत विवरण सहित पेश गर्नुपर्नेछ ।