काठमाडौं, भदौ २० । राजधानीमा डेंगुको सङक्रमण बेढ्ने क्रम जारी छ । रोगबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल र उनका छोरा मिरुल खनाललाई डेंगुको संक्रमण देखिएको छ ।
दुबै जनालाई कपिलबस्तुमा रहेको बेला रोग लागेको थियो । त्यस्तै, टेकु अस्पतालका चिकित्सकलाई पनि रोग सरेकोे आजकोे सौर्य दैनिकमा खवर छापिएको छ । उनको साथमा रहेको छोरालाई पनि रोग देखिएपछि उपचारको लागि सुरुमा निदान अस्पतामा भर्ना गराएपनि त्यहाँबाट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग विभाग रिफर गरिएको थियो ।
अस्पतालमा दुबैजनालाई रोग रहकोे देखिएपछि ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । उनको अहिले आइसियुमा राखेर उपचार भइरहेको छ । विहिबारमात्र एक जनाको रोगकै कारण मृत्यु भईसकेको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउपालिकाका ६५ बर्षिय राम बहादुर दनवारको काठमाडौमा डेंगुबाट मृत्यु भएको छ ।
नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको पारिपारिक स्रोतका भनाई रहेको छ । ज्वरो आएपछि उनलाई उपचारकालागि काठमाडौ ल्याइएको थियो ।