काठमाडौं, भदौ २१ । हालै भएको फेसबुक ह्याकले ४१ करोड भन्दा माथी प्रयोगकर्ताको फेसबुकमा रहेका फोन नम्बर सार्वजनिक भएका छन्।
सार्वजनिक गरिएको सर्भरमा सबैभन्दा बढी अमेरिकाका, भियतनाम र यूकेका प्रयोगकर्ता रहेका छन् । फेसबुकको डाटाबेसमार्फत उक्त संख्यामा फोन नम्बर लगाएत व्यक्तिगत डाटाहरु बाहिरिएका हुन् ।
फेसबुकले उक्त डाटा बाहिरिएको बारे आफ्नो बचाउ गर्दे त्यति नै संख्यामा भने लिक नभएको जनाएको छ । साथै उसले केहि डाटाहरु दोहरिएको र केहि पुराना डाटा रहेको भन्दै प्रयोगकर्तालाई नआक्तिन आग्रह गरेको छ ।