फुटबल स्टार लियोनेल मेसीले यस सीजनको अन्त्यमा बार्सिलोना छोड्न सक्ने सम्भावना बढेको छ । यो वर्षको अन्त्यमा मेसीले बार्सिलोना छोड्न सक्ने खुलेको हो ।
मेसीले बार्सिलोनासँग २०१७ कान्ट्रेक्ट गरेका थिए र सोहि क्रममा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेयूले मेस्सीले जुन सुकै बेला पनि बार्सिलोना छोड्न सक्छन् भनेका थिए । बार्टोमेयूले मेसीले बार्सिलोना छाड्न सक्ने पुष्टि गरेका छन्।
मेसीको अनुबन्धको अन्तिम मिति २०२०–२१ सम्म छ । यो मिति भन्दा पहिले पनि छाड्न सक्ने बताएका छन् । अधिकारीले मेस्सीको भविष्यको बारेमा चिन्तित छैनौ भनेर पनि प्रस्ट भने । यो एक प्रकारले एकदम दुखद घटना हुन सक्ने चाहिं भने ।