भारतका वरिष्ठ अधिवक्ता राम जेठमलानीलाई एउटा फोन आयो । फोन थियो अन्डरव्लर्ड डन दाउद इब्राहिमको । भारतको सर्वाधिक खोजीको सूचीमा रहेका जेठमलानीले दाउदसँग कुराकानी गरे । यो केही वर्ष अघिको घटना हो ।
दाउदले आफू भारतमा फर्कन चाहेको र आफूमाथि लागेको अभियोगको अदालतमा सामना गर्न तयार रहेको बताएका थिए । जेठमानीले कुराकानीको खुलासा गर्दै भनेका थिए दाउदले सन् १९९३ मा मुम्बई बम हमलामा आफ्नो संलग्नता अस्वीकार गरेका थिए । भारतमा आफू आउन चाहेको तर ज्यानको खतरा रहेको समेत बताए ।
दाउदसँग कुराकानीपछि त्यसबारे महाराष्ट्रका तत्कालिन मुख्यमन्त्री शरद पावरलाई जानकारी गराएका थिए । दाउदको भनाई उदृत गर्दै जेठमलानीले भनेका थिए, दाउदले मसँग कुरा गरे र मुम्बई बम हमलामा संलग्नता अस्वीकार गरे । आफूलाई गलत व्यवहार नगरिने सुनिश्चितता भए भारत फर्केर अदालतमा मुद्दाको सामना गर्न तयार छु ।
जेठमलानी पाका कानुन व्यवसायी हुन् । उनले जटिलभन्दा जटिल मुद्दामामला हेरेका छन् । त्यसैले दाउदले समेत फोन गरेका थिए । उनै जेठमलानीको ८ सेप्टेम्बरमा दिल्लीस्थित निवासमा निधन भयो । भारतभित्र फौजदारी कानुनका जानकारका रुपमा उनी चर्चित थिए ।
फौजदारी कानुनका ज्ञाता राम जेठमलानी । उनको नाम सुन्दा मैं हुँ भन्ने अभियुक्तको समेत मुटु काप्थ्यो भने कतिपयले उनीबाट न्याय दिलाउने गरी वकालत हुने आशा गर्थे । Photo Source: News nation