काठमाडौं । चाबहिल–साँखु सडकखण्ड अन्र्तगत जोरपाटीसम्मको सडक दसैंसम्ममा पिच नभए सरकारले ठेक्का खारिज गर्ने भएको छ ।
उक्त सडकलाई चार लेनमा विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले २०७२ को असोजमा दुई वर्षमा पूरा गर्ने गरी ठेक्का लगाएको थियो। तर, हालसम्म पनि विस्तारको काम सकिएको तथा सर्वसाधारणले सास्ती भोगको जनाउदै सरकारले ठेक्का नै क्यान्सिल गर्ने मनस्थिति बनाएको सडक विभागको भनाई रहेको छ ।
सडक विस्तारमा स्थानिय बासिन्दाले सहयोग गर्नुको साटो विवाद निकालेको, मुआब्जाको बिषयमा विवाद, साइट क्लियरलगायत समस्याले तोकिएको समयमा सम्पन्न गर्ने गरि काम गर्ने वातावरण नभएको सम्बद्व निर्माण कम्पनीको भनाई रहेको छ ।
सरकारले नै साईट क्लियर गर्न नसक्दा निर्माणको कामलाई गति दिन नसकको निर्माण कम्पनीको भनाई रहेको छ ।सरकार, स्थानीय र ठेकेदारबीचको विवादले दुई वर्षसम्म विस्तार प्रक्रिया निकै सुस्त गतिमा थियो।
यसैबीच सडक विस्तारका नाममा जनतालाई सुकुम्बासी बनाउन नहुने भन्दै स्थानीयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। निर्दोष घोरसाइने अन्नपूर्ण पोष्टमा खवर छापेका छन् ।