झापा । गएराती झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा बम प्रहार भएको छ।
गौरादह नपा ३ धोबिनेस्थित ईन्द्रबहादुर कट्वालको घरमा बस्दै आएका मिश्र चढ्ने गाडीमा अज्ञात समुहले राती अबेर बम प्रहार गर्दा गाडीमा क्षति पुगको प्रहरीले जनाएको छ ।
घरको कम्पाउण्डभित्र पार्किङ गरेर राखेको अवस्थामा बा २ झ २५७० नम्बरको उक्त सरकारी नम्बर प्लेटको स्करपियो गाडीमा क्षति पु¥याउन उद्देश्यले नै बम प्रहार भएको प्रहरीको अनुमान रहेको छ ।
बिष्फोटबाट गाडीको सिसा लगायत सिटहरुमा क्षति पुगेको छ। विस्पोटको जिम्मा कसैले लिएको छैन । घटनास्थल वरिपरि कुनै पर्चा तथा पम्पलेट पनि नभेटिएको प्रहरीले जनाएको छ । प्रहरीले बम प्रहार गर्नेको खोजिकार्यमा लागेको र चाँडै सार्वजनिक हुने पनि जनाएको छ ।