Logo

बहु विवाहको मुद्दा खेपिरहेका जनप्रतिनिधीद्वारा प्रहरी समक्ष आत्मसमर्पण



प्यूठान । बहु विवाहको मुद्दा खेपि रहेको गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णुकुमार गिरीले अन्ततः प्रहरी समक्ष आत्म समर्पण गरेका छन् ।

भदौ १० गते जेठी पत्नीले कान्छी भित्र्याएको भन्दै बहुविवाहको मुद्दा दर्ता गरेपछि आइतबार साँझ गिरी आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले जनाएको छ ।

सम्बन्ध विच्छेदको मुद्दा हारेका अध्यक्ष गिरीले भने आफूले दोस्रो विवाह नगरेको दाबी गर्दे आएको प्रहरीले जनाएको छ ।उनीमाथी अनुसन्धान भईरहेको र बहुविवाह प्रमाणित भएमा कानुन अनुसार कार्वाहि हुने प्रहरीको भनाई रहेको छ



प्रतिक्रिया दिनुहोस्