Logo

विश्वकप छनोट : नेपालले ताइपेविरुद्ध उत्कृष्ट खेल पस्कने



काठमाडौं, २३ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्ध उत्कृष्ट खेल पस्कने बताएका छन् । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपका लागि दोस्रो चरणको छनोट अन्तर्गत ताइपेसँगको खेलअघि प्रि म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक कालिनले घरेलु टिमविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् ।

उनले भने,’सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामी यहाँ फुटबल खेल्न आएका हौँ र उत्कृष्ट फुटबल पस्किने छौँ।’ नेपालले भोलि मंगलबार ताइपेसँग खेल्नेछ । ताइपे स्टेडियममा हुने खेल नेपाली समय अनुसार ४ : ५५ मा सुरु हुनेछ । प्रशिक्षक कालिनले लामो यात्राको कारण नेपालले पूर्ण तयारी गर्न नपाएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्