Logo

भन्सार कर्मचारीको मिलेमतोमा ‘जुस’को नाममा ‘मदिरा’ भित्रियो



काठमाडौं, भदौ २४ । नजिकिँदो चाडपर्वलाई लक्षित गरी केहि व्यवसायीले अवैधरुपमा मदिरा आयात गरेको पाइएको छ । भारतीय नाका र चीनियाँबाट सम्बन्धीत भन्सार कर्मचारीको मिलेमतोमा पछिल्लो समयमा जुसको नाममा अवैध मदिरा नेपाल भित्रिने गरेको पाइएको छ ।

स्रोतका अनुसार अवैधरुपमा नेपाल भित्रिएका मदिरा जन्य पदार्थलाई भन्सार कर्मचारीले जुसको नाममा प्रज्ञापन पत्र बनाई भन्सार छुट दिने गरेका छन् ।

सरकारले दशै तिहारजस्ता चाँडपर्वमा अवैध मदिरा बेचविखनमा पूर्णरुपमा बन्देज लगाइने भन्दै प्रचार गर्दे आएपनि सरकारकै कर्मचारीको मिलेमतोमा व्यवसायीले नयाँ रुपमा विना भन्सार गुणस्तरहीन मदिरा नेपाल भित्र्याईरहको जनाइएको छ । सरकारले भन्सारमा कडाई गरिरहेको बताएपनि भन्सारका कर्मचारीले उक्त निर्देशनको वास्ता नगरि आफ्नो सोझोमा लागेको स्रोतको दाबी छ ।

आन्तरिक राजश्व विभागबाट इजाजत लिएकाहरुले नै मदिरालाई जुसको नाम दिएर नक्कली स्टिकरको प्रयोग गरि भन्सार छुट सहित नेपालमा मदिरा भित्रिएको छ । कर्मचारीको मिलेमतोमा दक्षिणको नाँका भन्दा उत्तरबाट बढी मात्रामा त्यस्तो कार्यहुने गरेको स्रोतका भनाई छ ।

राजधानीको भिचिन्न स्थानमा रहेका मदिरा विक्रिवितरण केन्द्रको मदिरा आयात गनऐ जिम्मेवारी लिएर चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङबाट अबैध मदिरा नेपाल आउने जनाइएको छ ।

अवैध रुपमा नेपाल आउने त्यस्ता समानहरु हुम्लाको सिमिकोट, लिमि, चुवाखोला, टाँके लाग्नाबाट अबैध मदिरा नेपाल आउने गरेको आजको आर्थिक राष्ट्रिय दैनिकमा रोशन कार्कीले समाचार लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्