काठमाडौं, भदौ २६ । मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार कम्पनी सीएमसीबाट रकम भुक्तानी पाउन बाँकी रहेकाहरुले आयोजना प्रमुखको राजिनामा माग गरेका छन् ।
आफुले पाउनुपर्ने रकम भुक्तानी हुनु पर्न जनाउदै उनीहरुले निर्माण सामाग्री आपूर्तिकर्ता एवं मजदूरहरुले मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलको राजीनामा मागेका हुन्।
आयोजना निर्माणबाट बाहिरिएको कम्पनी ‘सीएमसी’ को धरौटी जफत गरिसक्दा पनि भुक्तानी नदिएको, भुक्तानी माग गरी गरेको प्रदर्शनमा गोली चलाउन लगाएको जस्ता आरोपसहित उनीहरुले कँडेलको राजीनामाको आवाज उठाएका छन् । आजको आर्थिक अभियान दैनिकमा दुर्गा लामिछानेले खवर छापेका छन् ।