Logo

विश्वकप छनोटमा ऐतिहासिक जित दिलाउने अञ्जन बिष्ट को हुन्



काठमाडौं, भदौ २६ । २१ वर्षीय फुटबल स्ट्राइकर अञ्जन बिष्ट अहिले निकै चर्चामा छन् । ताइवानमाथि २-० को जित हासिल गर्दा दुवै गोल गर्ने बिष्टले नेपाललाई ऐतिहासिक जित दिलाए । लामो समयपछि बल्ल नेपालले विश्वकप छनोटमा सानदार जित निकालेको छ । त्यो पनि विपक्षको मैदानमा ।

१५ मे १९९८ मा हेटौंडामा जन्मिएका बिष्टले राष्ट्रिय टोलीमा स्थान बनाएको पाँच वर्ष भयो । ३० खेल खेलिसक्दा उनले राष्ट्रिय टोलीका तर्फबाट बल्ल दुई गोल गरे । ताइवानविरुद्धको विश्वकप छनोटमा गरिएको गोल थियो त्यो । तर, दुवै गोल उनको खेलजीवनमा मात्र नभई देशका लागि पनि महत्वपूर्ण रह्यो ।

एन्फा एकेडेमीका उत्पादन हुन् अञ्जन बिष्ट । यु-१७, यु-२० र यु-२३ मा रहेर खेलिसकेका उनले उमेर समूहको खेलमा भने गोलहरु गर्दै आएका छन् । उमेर समूहको खेलमा उनले देशका लागि नौ गोल गरिसकेका छन् ।

मनाङ मस्र्याङदी हुँदै सशस्त्र प्रहरी बलको क्लबबाट खेल्दै आएका उनी नेपालका उदीयमान खेलाडी हुन् । उनीबाट राष्ट्रिय टोलीले निकै आशा राखेको छ ।

अञ्जनले खेलको चौंथो मिनेटमा गोल गरी अग्रता दिलाउँदा नेपाल ताइवानमाथि हावी हुँदै दोस्रो हाफमा समेत गोल गर्न सकेर विजेता बन्यो ।



प्रतिक्रिया दिनुहोस्