साउदी राजकुमार मोहम्मद विन सलमान विश्वका शक्तिशाली व्यक्ति मध्येका हुन् । सँसारका धनीमध्येका राजकुमारकी बहिनी हसा विन्ट सलमान अल साउद यतिबेला चर्चामा छिन् । उनले तीन वर्ष अघि बडीगार्डलाई कुट्न आदेश दिएको घटनामा दोषी पाइएर सजाय तोकिएको छ ।
हसालाई फ्रान्सको अदालतले दश महिना प्रवेश निषेध र १० हजार युरो जरिवानाको सजाय सुनाएको हो । फ्रान्सको लक्जरी पेरिस अपार्टमेन्टमा एकजना कार मर्मत गर्ने व्यक्तिलाई बडीगार्डमार्फत् कुट्न लगाएको अभियोग राजकुमारी हसामाथि थियो । कार मर्मतकर्ताले सेप्टेम्बर सन् २०१६ मा तस्बिर खिच्न खोजेपछि कुट्न आदेश दिएकी थिइन् । बडीगार्डले स्थानीय कार मर्मतकर्ता असरफ इडलाई कुटेर बेइज्जती गरिदिएका थिए ।
राजकुमारीको बडीगार्डलाई ८ महिनाको निलम्बित जेल सजाय तोकिनुका साथै पाँच हजार युरो जरिवाना गरिएको थियो ।
तस्बिर राजकुमारीको नभई फर्निचरको खिच्न लागेको दाबी गरेका थिए असरफ इडले । त्यसपछि बडिगार्डले कुट्दै टाउकोमा पेस्तोल तेर्साएका थिए । बडिगार्डले राजकुमारीको पाइताला चाट्न या मर्न तयार रहन भनेका थिए । घटनापछि इडले प्रहरीमा उजूरी गरेका थिए । प्रहरीले राजकुमारीसँग सोधपुछ गरेको थियो । दुई घन्टा सोधपुछपछि छाडिदिएको थियो । एजेन्सी