Logo

भारतमा कँग्रेस आई आन्दोलनमा



भारतीय कँग्रेसले देशब्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । कँग्रेस अध्यक्ष सोनिया गान्धीले बिहिबार देश ब्यापी रुपमा बिजेपी सरकार बिरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हो । आन्दोलन विशेष गरि १५ अक्टोबर देखि सुर हुने र यसलाई २५ अक्टोबर सम्म लैजाने कार्यक्रम रहेको छ । सिधै जनता सित कुरा राख्ने निर्णय समेत गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

लोकसभा चुनाबमा राहुल गान्धीको नेतृत्वमा अप्रत्याशित रुपमा हारको सामना गरेकोे भारतीय कँग्रेस ले सोनिया गान्धीको नेतृत्वले नया मोड लिने निर्णय गरेका छन् । आन्दोलन एक महिना पछि सुरु हुनेगरि निर्णय लिएको छ । आफ्नो पदमा वापसी गरेको गान्धीले आफ्नो टप नेताहरु संगको छलफलमा सामाजिक संजाल मार्फत मात्रै जागरुक र आक्रामक भएर काम नहुने बताएका छन् र यसले केहि भूमिका नखेल्ने बताएको छ ।

गान्धीले आफ्नो पार्टीको बिधान र यसको कामलाई ध्यानमा राख्ने हो भने यसले नयाँ मोड समेत लिने बताएका छन् र हरेक तहहरुमा पनि आफ्नो पकड समेत बनाउन सक्ने अनुमान गरियको छ । हरियाणा महारास्त्र र झर्खंड निकै चुनौती पूर्ण रहेको बताएकी छिन् । उक्त मीटिंग राज्यका काँग्रेस नेताहरु सम्म सिमित थियो र पूर्व नेतृत्व कर्ता राहुल गान्धी सामेल नभएको बताएका छन् । एआईसीसीका महासचिव प्रियंका गान्धी वाड्राले महिलाको सुरक्षा र रोजगारी जस्ता मुद्दाहरूको बारेमा पार्टीले बढी कुरा गर्नु पर्ने र यसले युवालाई अपील गर्न मदत पुर्याउने छ । युबकलाइ द्यानमा राख्नु पर्नेमा जोड दिएका छन् । ठुला नेता हरुले भारतको अर्थ व्यवस्था कम्जोर भएको र सो कारण आन्दोलन गर्नु पर्ने जुरूरी रहेको समेत बताएका छन् ।

उक्त आन्दोलन बिजेपी सरकारले अर्थ व्यवस्था र पुजीलाइ लिएर केहि पनि गर्न नसक्दा निर्णय लिनु पर्ने समेत उल्लेख गरिएको छ । आन्दोलन लाई निडर भएर गाउँ देखि लिएर सहर सम्म सडकमा समेत हामीले आआफ्नो आवाज सुनाउनु पर्नेमा जोड दिएका छन्। अहिले सम्मको खराब अर्थ व्यवस्था रहेको समेत बताएकी छिन् उनले पार्टी को ५ राज्यमा रहेको मुख्यमन्त्रि संग यी बिषयहरुमा कुरा गर्ने र अगाडी बढ्ने निर्णय समेत गरेका छन् । –एजेन्सी Photo Source: Hindustan Times



प्रतिक्रिया दिनुहोस्