Logo

चट्याङ लागेर गोठ सखाफ, आमा–छोरा बेहोस



दैलेख, भदौ २९ । जिल्लाको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । स्थानिय इन्द्रजीत विकको घर नजिकै परेको चट्याङबाट घर नजिकै बाँधेका एक हलगोरु र तीन गाईको मृत्यु भएको हो ।

घर नजिकै चट्याङ परेकाले इन्द्रजीत विकको घरमा रहेका विककी श्रीमती पवित्रा विक र छोरा दिलीप विक बेहोस भएका थिए ।

घटनाको विस्तृत जानकारीका लागि प्रहरी परिचालन गरिएको छ । दैलेखमा लगातार तीन दिनदेखि ठूलो वर्षासँगै चट्याङ परिरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्