बोल्ड एण्ड व्यूटिफूल नायिका परमिता आरएल राणाले पहिलो पटक तेलुगू चलचित्रमा अभिनय गर्ने भएकी छिन् । चलचित्र “चपली हाइट २” बाट नेपाली चलचित्रमा डेब्यू गरेकी परमिता तेलुगू चलचित्रका एक्सन सुपरस्टार गोपी चन्दसँग बेनामे चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दै छिन् ।
उनको पहिलो तेलुगू चलचित्रको २७ भदौं हैदरवादको मन्दिरमा शुभमुहूर्त गरिएको छ । चलचित्रको निर्देशनसँगै बिनु सुब्रह्मण्यमले निर्देशनमा डेब्यू गर्नेछन् । विभिएसएन प्रसादले निर्माण गर्ने उक्त चलचित्र निकै ठूलो बजेटमा निर्माण हुने जनाइएको छ ।
उनले आफू पहिलो पटक तेलुगू चलचित्रमा सुपरस्टार गोपी चन्दसँग अभिनय गर्न पाउँदा खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा शुभमुहूर्तका केही तस्विरहरु पोष्ट गरेकी छिन् । एक्सन–थ्रिलर जनरामा निर्माण हुने उक्त चलचित्र अर्काे वर्षको जूनबाट नियमित छायांकन सुरु हुनेछ । चलचित्रमा मणि शर्माले संगीत भर्नेछन् ।
परमिता पछिल्लो समय नेपाली चलचित्र “चंगाचेट” मा देखा परेकी थिइन् । उनको नयाँ चलचित्र “द कर्मा” प्रदर्शनको पखाईमा छ । परमिताले आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न धेरै संघर्ष गरेकी छिन् । “चपली हाइट २” पछि उनले अभिनय गरेको कुनै चलचित्रले बक्सअफिसमा गतिलो व्यापार गरेनन् । तर, उनको अभिनयको भने चर्चा हुने गर्छ । उनले आफ्नो आवजमा केही गीतहरु निकालिसकेकी छिन् ।
Photo Source: Paramita RL Rana Facebook