Logo

यी सेलिब्रेटीले फेसबुक चलाउन म्यानेजर राखे



चलचित्र “मेरो माया तिमीलाई” बाट नेपाली चलचित्रमा डेब्यू गरेका नायकसँगै खलनायक हुन् अनुप बिक्रम शाहि । उनले चलचित्र “पुरानो बुलेट, वीर विक्रम, वीरांगना, जाइरा, कप्स” लगायतका चलचित्रमा हिरोको भूमिका र चलचित्र “कृ, रानी, जय शम्भु, किंग” लगायतका चलचित्रहरुमा भिलेनको भूमिका निर्वाह गरेका छन् ।

उनको २७ भदौंबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र “पासवर्ड” मा पनि उनी खतरनाक भिलेनको भूमिकामा प्रस्तुत भएका छन् । नेपाली चलचित्र क्षेत्रमा उनको अहिले नेगेटिभ रोल अर्थात् भिलेनको लागि ठूलो डिमान्ड छ । त्यसैले गर्दा पनि उनी एक चलचित्रको ७ देखि ८ लाखसम्म लिन्छन् ।

सामाजिक सञ्जालहरुमा धेरै एक्टिभ देखिने अनुपले फेसबुक, ट्वीटर, इन्स्टाग्राम र इमेल चलाउन म्यानेजर राखेका छन् । चलचित्र “पासवर्ड” को प्रिमियरका लागि पुगेका चलचित्रका कलाकारहरु अनुपविक्रम शाही, विक्रम जोशी विक्की, परि राना, रविन्द्र झा र निर्देशक सम्राट बस्नेतसँग उद्घोषिकाले आफ्नो फेसबुक र इमेलको पासवर्ड खुलाउन आग्रह गर्दा अनुपले आफ्नो सामाजिक सञ्जाल चलाउन म्यानेजर राखेको जनाएका हुन् । अरुले भने आफूले चलाउने सामाजिक सञ्जालको पासवर्ड गोप्य नै राख्नुपर्ने जनाउँदै सार्वजनिक गर्न चाहेनन् ।

नेपाली चलचित्र क्षेत्रमा उनको आगमन पछि भिलेनको डरलाग्दो, तर्सिने खालको, बिग्रेको अनुहार जस्ता परिभाषाहरु परिवर्तन भएको छ । भिलेनको भुमिका गर्ने कलाकार पनि हिरोभन्दा ह्यान्डसम हुन्छन् भन्ने नयाँ परिभाषाको सिर्जना गरेको छ ।

चलचित्र सुरुवातको करिब एक दशक बित्दा पनि अनुपले आजसम्म कुनै फिल्म सफल पार्न सकेका छैनन् । हिरो होस् वा भिलेन, उनका सबै चलचित्रले निर्माताहरु डुबाएका छन् । तर, उनको डिमान्डमा भने कुनै असर परेको छैन ।



प्रतिक्रिया दिनुहोस्