काठमाडौं, भदौ ३१ । चीनसँग सिमानामा जोडिएका ताप्लेजुङदेखि दार्चुलासम्मका ७३ स्थानलाई नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को निर्णयले ती क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
२०२१ सालमा हिमाली जिल्लाका केही भूभागमात्रै निषेधित क्षेत्र घोषणा गरिएको भए पनि त्यसलाई विभिन्न कालखण्डमा थप्दै ७३ स्थानलाई निषेधित गरिएको छ । सरकारले निषेध गरेको स्थानमा निर्वाध हेलिकोप्टर, ड्रोन उडानमा समेत रोक लगाएको छ ।
छिमेकी चीनले पटकपटक दबाब दिएका कारण ती क्षेत्रलाई नेपाल सरकारले चीनलाई रिझाउन निषेधित क्षेत्र घोषणा गरेको हो । आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले खवर छापेका छन् ।