काठमाडौं, भदौ ३१ । गृहमन्त्री रामबहादुर थापाका भाई नरेशबहादुर थापासहितको बयान लिने कार्य सकिएपछि सोमबारदेखि थुनछेकको बहस शूरु भएको छ ।
काठमाडौं जिल्ला अदातलका न्यायाधीस मेदिनीप्रसाद पौडेलको इजलाशमा थुनछेकको बहस शूरु भएको हो । थापासंगै पक्राउ परेका आठ जना विरुद्व सरकारले केहि दिन पहिले नै मुद्वा दायर गरेको थियो ।
यसअधि व्यवसायीलाई धम्क्याउदै रकम असुल्ने कार्यमा संलग्न रहेका भनियका समिरमान बस्नेत हाल कारकारमा छन् । अनुसन्धानबाट बस्नेतसंग मिलेर थापालेपनि आर्थिक लाभका लागि अपराध गरेको आरोप लागेको छ ।
थापासंगै पक्राउ परेकाहरुमा काठमाडौैंका पवन खड्का, सुरेन नगरकाटी, बीरबर भट्टराई, शैलेश प्रजापति र मनबहादुर पुन लगायतका छन् ।
थुनछेकको बहस सकिएपछि उनीहरुलाई थुनामा राखी वा धरौटीमा राखी वा साधारण तारेखमा छाडी मुद्दाको कारबाही अगाडी बढाउने भन्ने सम्बन्धमा अदालतले निर्णय गर्नेछ । आजको आर्थिक अभियानले खवर छापेको छ ।