Logo

झाँक्रीले पेटमा प्वाल पारेर मृत्यु भएपनि प्रहरीले लिएन उजुरी



धादिङ, असोज १ । चुसेरै जन्डिस निकाल्ने बाहानामा झाँक्रीले पेटमा प्वाल पारेर मृत्यु भएका राजु मगरको शव जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । गरेको ‘गलत उपचार’ले मृत्यु भएपनि घटनाको प्रहरीले उजुरी लिन आनाकानी गरेका उनको परिवारले शव दाहासंस्कार गर्न नसकेको हो ।

दुई महिनादेखि जन्डिसले थला परेका राजुलाई मुखैले चुसेर नै निकाल्ने भन्दै झाँक्रीले पेट चिरेका थिए । उक्त घाउ निको नभएर झनै थलिएका राजुको सोमबार जिल्ला अस्पताल धादिङमै मृत्यु भएको थियो ।

लामा झाँक्रीविरुद्ध जाहेरी दिन गएका आफन्तजनलाई मंगलबार दिनभर प्रहरीले सबुत प्रमाणसहित आउन भनेपछि आफूहरु कागजपत्र मिलाउन लागेको मृतक राजुकी श्रीमती राधिकाले बताइन् । मंगलबारसम्म शव परिक्षण गरिएको छैन । आजको कान्तिपुर दैनिकमा हरिहरसिंह राठौरले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्