दैनिक तरकारीको मूल्य वृद्धि हुने क्रम जारी छ । पछिल्लो पाँच महिनाको तुलनामा तरकारी ३५० प्रतिशतले महँगो भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यो वर्षको पहिलो साता प्रतिकेजी २६ रुपियाँमा कारोबार भएको प्याज थोकमै ८० रुपैयाँ, २८ रुपियाँको रातो आलु थोकमै प्रतिकेजी ६० रुपियाँ, २८ रुपियाँको गाँजर प्रतिकेजी ९८ रुपियाँ, १२ रुपियाँको बन्दा प्रतिकेजी ४२ रुपियाँ, ३२ रुपियाँको काउली १०५ रुपियाँमा थोकमै किनबेच भइरहेको छ । देशभरि निरन्तर वर्षाका कारण तरकारीको आयात कम हुने र आएको पनि छिट्टै कुहिने हुदाँ तरकारी महँगो भएको व्यापारीको भनाई रहेको छ ।
आजको तरकारीको भाउ निम्न छः
कृषि उपज ईकाइ अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५५ ५०
ठूलो गोलभेडा(भारतीय) के.जी. ६० ५५
गोलभेडा सानो के.जी. ४० ३५
गोलभेडा सानो(टनेल) के.जी. ४५ ४१
गोलभेडा सानो(भारतीय) के.जी. ४० ३८
आलु रातो के.जी. ६० ५९
आलु रातो(भारतीय) के.जी. २८ २७
आलु रातो(मुडे) के.जी. ५५ ५४
आलु सेतो के.जी. ३५ ३४
प्याज सुकेको के.जी. १०५ १०३
गाजर(लोकल) के.जी. १०० ९८
बन्दा(लोकल) के.जी. ५० ४८
काउली स्थानिय के.जी. ८० ७८
मूला सेतो(लोकल) के.जी. ४० ३८
सेतो मूला(हाइब्रीड) के.जी. ४५ ४२
बोडी(तने) के.जी. ८० ७८
भटमासकोशा के.जी. ८० ७८
तितो करेला के.जी. ८० ७८
परवर(लोकल) के.जी. ५० ४८
भिण्डी के.जी. ७० ६८
स्कूस के.जी. ३० २८
रायो साग के.जी. १५० १४५
तोरीको साग के.जी. ६० ५५
प्याज हरियो के.जी. १५० १४५
च्याउ(कन्य) के.जी. १८० १७५
च्याउ(डल्ले) के.जी. ५०० ४९५
पुदीना के.जी. २६० २५५
गान्टे मूला के.जी. ६० ५५
तामा के.जी. १२० ११५
तोफु के.जी. १०० ९५
कागती के.जी. ३०० २९०
काक्रो(लोकल) के.जी. ५५ ५०
काक्रो(हाइब्रीड) के जी ३० २८
लप्सी के.जी. ५० ४८
अदुवा के.जी. २०० १९५
खु्र्सानी हरियो के.जी. १०० ९८
खुर्सानी हरियो(अकबरे) के.जी. २१० २०५
भेडे खु्र्सानी के.जी. १०० ९८
लसुन हरियो के.जी. २०० १९०
हरियो धनिया के.जी. २५० २४५