Logo

मिटर ब्याजी परदेशीलाई पोलिग्राफ टेष्ट गराइयो



सर्लाही, ७ असोज । ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेष्ट गराएको छ।

प्रहरीले रौतहटको चन्द्रनिगाहपुरमा लगेर कलवारलाई पोलिग्राफ टेष्ट गराइएको हो । अभियुक्त कलवारले जाहेरीकर्ताले लगाएको आरोप अस्वीकार गरेकाले, सही सत्य पत्ता लगाउनका लागि पोलिग्राफ टेष्टको प्रयोग गराएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले कलवारलाई गत असोज ६ गते साँझ मलंगवाबाट पक्राउ गरेको थियो। लालबन्दी नगरपालिका–४ निवासी रुकमिणी चौधरीले दिएको जाहेरीको आधारमा कलवारलाई पक्राउ गरी ठगी मुद्धामा कारवाही प्रकृया अगाडी बढाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार साढे चार लाख रुपैयाँ ऋण लिएको र ब्याजसहित पटकपटक गरेर नौलाख रुपैयाँ तिरिसक्दासमेत अझैं १५ लाखको कागज रहेको भन्दै साहले आफु र श्रीमानलाई मुद्धा हाल्ने धम्कि दिएको चौधरीको जाहेरीमा उल्लेख छ। आजको नागरिक दैनिकमा टंक क्षेत्रीले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्