काठमाडौं, ७ असोज । सरकारले एकैपटक करिब ३ हजार कृषि तथा भेटरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाउने निणर्य गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन।
‘एक गाउँ एक प्राविधिक’ नारा अन्तर्गत २०७२ सालमा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाउने निर्णय गरेको हो ।
पुराना हटाएर अर्थले नयाँ भर्ना लिन सकिने व्यवस्था गरेको छ । यसका लागि मन्त्रालयले बजेट पनि छुट्याएको छ ।एक गाउँ एक प्राविधिकअन्तर्गत भर्ना भएका कर्मचारी खरिदार तहका हुन् तर अर्थले नयाँ भर्ना लिन बजेट छुट्याइएका कर्मचारी नायब सुब्बा तहका कर्मचारीका लागि हो ।
यसमा पुराना कर्मचारीले भने भर्ना हुन अवसर पाउने छैनन् । आजको नागरिक दैनिकमा भुवन शर्माले खवर छापेका छन् ।