लाइभ नेपाल र साधना कला केन्द्रको संयुक्त आयोजनामा “ट्रिब्यूट टू राजेश हमाल” कार्यक्रमको आयोजना हुने भएको छ । तीन दशकदेखि चलचित्र क्षेत्रमा अनवरत रुपमा काम गरेका नायक राजेशलाई उनले दिएको योगदानको करद गर्दै सम्मान गर्न लागिएको हो । असोज १२ गते सोल्टी होटलमा राजेशलाई सम्मान गर्न लागिएको कार्यक्रमका प्रमुख मिलन मोक्तानले जनाएका छन् ।
आयोजकका अनुसार कार्यक्रमका लागि भारतबाट गायिका साधना सरगम र इन्द्रजित मिजार पनि नेपाल आउँदैछन् । कार्यक्रममा विभिन्न सरकारी तथा नीजि संस्थाहरुले पनि राजेशलाई सम्मान गर्ने जनाइएको छ ।
भारतीय नायिकाहरुसँगै कार्यक्रममा नेपालका गायक–गायिकाहरु आनन्द कार्की, प्रकाश श्रेष्ठ, यम बराल, उमेश पाण्डे, निशान भट्टराई, रामा मण्डल, सुरज कुमार थापा, विश्व नेपाली, संजय तुम्रोक, रुपक डोटेल, सुरेश लामा, बुद्ध लामा, रबि ओड, प्रताप दास, कोमल ओली, देविका बन्दना, रमना श्रेष्ठ, प्राश्ना शाक्य, बानिका प्रधान, मीना निरौला, एनी श्रेष्ठ, गायत्री त्रिपाठी, शिला बिष्ट र हास्यकलाकार सन्दिप क्षेत्री आदिले आफ्नो प्रस्तुती दिनेछन् । File Photo