काठमाडौं, ७ असोज । आन्दोलनरत कृषि तथा पशु प्राविधिकले नेपाल कम्युनिष्ट पार्टीको धुम्बाराहिस्थित कार्यालय घेराउ गरेका छन् । उनीहरुले पुर्नबहाली नगरेसम्म आन्दोलनबाट पछि नहट्ने अडानसहित धर्ना र घेराउका कार्यक्रम गर्दै आएका छन् ।
कृषि बिभाग अन्तर्गत पशु सेवा बिभाग अन्तर्गत २०७२ साल देखी एक गाउँ एक प्राबिधिक रूपमा करारमा कार्यरत तीन हजार कृषि तथा पशु सेवा प्राबिधिकलाई अर्थ मन्त्रालयले २९ भदौमा निर्णय गरेर हटाएपछि आन्दोलनमा उत्रिएका हुन । निर्णय खारेजको माग गर्दै आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी कार्यलय धुम्बाराहीमा ११ बजे देखी १ बजे सम्म शान्तिपुर्ण धर्ना गरेका थिए ।
प्राविधिकहरुले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस केन्द्रिय पार्टी कार्यालय सानेपा मा २ बजे देखी ३:३० सम्म धर्ना गरेका थिए ।
अपरान्ह थापाथली देखि माइतीघर मण्डलासम्म र्याली गरेका थिए । ५ असोज देखि आन्दोलनमा उत्रिएका प्राविधिकहरु माग पूरा नभएसम्म राजधानी नछाड्ने अडान लिदै आएका छन् । ७७ जिल्लाका स्थानीय निकायमा कार्यरत करारका प्राविधिकहरुलाई सरकारले हटाउने निर्णय लिएपछि उनीहरु एकजुट भई आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनरत नेपाल कृषि तथा पशु सेवा प्राबिधिक हकहित संरक्षण समितीका सदस्य धिरेन्द्र बस्नेतले आफूहरुको जायज मागको सुनुवाई नभए आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै लैजाने जानकारी दिए ।