Logo

कार्यकर्ताले नै गरे सांसदलाई हातपात



काठमाडौं ८ असोज । सप्तरी-४ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद् तेजुलाल चौधरीमाथि मंगलबार राजविराजमा आफ्नै पार्टीका कार्यकर्ताहरुले हातपात गरेका छन् ।

स्थानीय पबि माध्यमिक विधालयको मैदानमा आयोजना गरिएको जागरण अभियान समापन कार्यक्रमको आसन ग्रहणको विषयलाई लिएर उत्पन्न भएको विवादमा निर्वाचित सांसद् चौधरीमाथि कांग्रेसकै कार्यकर्ताहरुले हातपात गर्दै मञ्चबाट तल झारिदिएका हुन् ।

आसन ग्रहणको क्रममा पार्टीका कनिष्ट नेताहरुलाई आसन ग्रहण गराएपनि सांसद् चौधरीलाई नगराएपछि वरिष्ठताको विवाद सार्वजनिक मञ्चमै भएको थियो । त्यसपछि सांसद् चौधरीसहितका एक खेमाले कार्यक्रम बहिष्कार गर्दै राजविराजमा कांग्रेस सप्तरी सभापति दिनेश यादवविरुद्ध नाराबाजी गर्दै कारबाहीको माग गरे ।

विगतमा पनि जिल्ला सभापति यादवले पार्टीलाई एकलौटी बनाउन खोजेको र त्यसको विरोध गर्दा नै आफूमाथि आज सामान्य विषयमा उनले नै हातपात गराइएको दाबी सांसद् चौधरीले गरे । कार्यक्रमस्थलबाट आधा सहभागि बहिष्कार गरेर बाहिरिएपछि बाँकी रहेका कार्यकर्तामाझ जागरण सभा सम्पन्न गरिएको थियो । सभापति यादवले भने आरोप अस्वीकार गरेका छन् । उनले संसद चौधरीले नै कार्यकर्ता लाई गाली गरेको आरोप लगाए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्