Logo

सरकार छोड्न उपेन्द्रलाई राजेन्द्रको दबाब



काठमाडौं, ८ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने स्पष्ट पारेका छन् । यसको लागि उनले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने धारणा राखे ।

पार्टीको कामको सिलसिलामा धनुषाको जनकपुर पुगेका महतोले बुधबार पत्रकार सम्मेलन गरेर एकताको लागि समाजवादी पार्टीसँग यस्तो शर्त राखेका हुन् । नेता महतोले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने बताउँदै भने,‘सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण हुँदैन् , पार्टी एकताका लागि अनौपचारिक रुपमा छलफल भइरहेको छ’, तर एकता गर्न समाजवादी पार्टीले सरकार छाड्नुपर्ने हाम्रो सर्त हो।’



प्रतिक्रिया दिनुहोस्