काठमाडौं, ९ असोज । विरगञ्ज महानगरका सार्वजनिक स्थलमा मेयर विजयकुमार सरावगीका नातेदारले नियम विपरीत रजाँई चलाएको भेटिएको छ ।
वीरगञ्जको मुख्य बजार क्षेत्र मानिएको घण्टाघरदेखि पावरहाउस चोकसम्मको सडक–डिभाइडर मेयर सरावगीका सम्धी राजेश अग्रवाल संलग्न औद्योगिक प्रतिष्ठानका उत्पादनको प्रचारका लागि दुरुपयोग भएको हो ।
अग्रवाल सञ्चालक रहेको जगदम्बा सिमेन्ट लगायतका पाँच वटा उद्योगले महानगरसंग सम्झौता बिनै जथाभावी विज्ञापन बोर्ड राखेको पाइएको छ ।
मेयर सरावगीको दवावमा महानगरका कर्मचारीले करिव एक किल्लोमिटर सडकको डिभाइडरमा ती औद्योगिक प्रतिष्ठानलाई विज्ञापन साम्रगी राख्ने चाँजोपाँजो मिलाइ दिएका छन् ।
सरवगी विरगञ्जको मेयरमा चुनिय लगत्तै अग्रवालले आफ्नो उत्पादनको विज्ञापन बोर्ड लगाएका हुन् । तर यो अनियमियताको बारेमा प्रश्न उठ्न लागेपछि महानगरले वितेको १५ भदौै मा उद्योगसंग सम्झौताको पक्रिया पुरा गरेको छ । जब कि, साउन २१ गते नै सुचनाको हक अन्र्तगत सम्झौता माग गर्दे महानगरमा पत्र दर्ता भईसकेको छ ।
करिव दुई बर्षसम्म सम्झौता नै नगरी महानगरको सार्वजनिक स्थल दुरुपयोग गरिरहेको कम्पनीलाई बोलाएर हतारमा सम्झौतामा महानगरका अधिकृत अरुणकुमार महतो र शुभ श्री जगदम्बा सिमेन्ट मिल्सबाट विवेककुमारको हस्ताक्षर छ ।
हस्ताक्षरकर्ता कम्पनी र सम्झौतामा उल्लेख गरिएको नामा समेत एकरुपता छैन । मेयर सरावगी भने समयमा सम्झौता नहुनुको दोष महानगरका कर्मचारीमाथि थोपर्छन ।
‘सम्झौता को जिम्मा कर्मचारीलाई दिएको थिए’ उनले भने ‘ उनीहरुले समयमा गरिदिएनन् ।’ ढिलै भएपनि प्रक्रियामा ल्याएको उनको भनाई रहेको छ । आजको आर्थिक अभियानमा ओमप्रकाश खनालले खवर छापेका छन् ।