चलचित्र उद्योगमा अभिनेत्री बेनिशा हमालको प्रेम सम्बन्धको चर्चा चलेको छ । बेनिशा यतिबेला चलचित्र “कबड्डी” का निर्माता रौनक विक्रम कँडेलको प्रेममा रमाइरहेकी छिन् । गत केही महिनादेखि उनीहरु धेरै नजिक रहेको बुझिएको छ ।
अहिलेसम्म प्रेम सम्बन्धलाई लिएर चर्चामा नआएका उनीहरुको प्रेम सम्बन्धले नयाँ बाटो खुल्ने अनुमान गरिएको छ । प्रेमसम्बन्धको बारेमा बेनिशा र रौनक आफैले भने केही भनेका छैनन् ।
पछिल्लो समय बेनिशा चलचित्र “घर” मा देखिएकी थिइन् । अहिले उनी आफुले साइन गरेका चलचित्र फ्लोरमा जाने प्रतिक्षामा छिन् । उनले चलचित्र “ब्लाइन्ड रक्स” बाट २०७४ सालको २०७४ सालको उत्कृष्ट नायिकाको पुरस्कार जितेकी छिन् । राम्रो चलचित्र मेकिङ गर्ने रौनक चलचित्र क्षेत्रमा राम्रो स्थान बनाएका निर्माता हुन् । Photo Source: Nepaliactress