काठमाडौं,१२ असोज । नेपाल वि द्युत् प्राधिकरणले प्रथामिकतामा राखेर निर्माण गरेको ४० डबल सर्किट किलोमिटरको सिंगटी लामुसाँघु १३२ केभी प्रसारण लाइन आयोजना नौ वर्षमा ८५ प्रतिशत मात्रै प्रगति भएको छ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना एक दशक बित्दासमेत अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन।
प्राधिकरणले सन् २०१० मा भारतीय आरभाली इन्फ्रापावर लिमिटेडसँग सम्झौता भएको थियो। उक्त आयोजना ४२ करोड लागतमा निर्माण गर्ने सम्झौता भएको थियो।
यो प्रसारण आयोजना ठेकेदार कम्पनी आरभालीको ढिलासुस्ती, भूकम्प, नाकाबन्दी लगायत कारणले झण्डै एक दशकसम्म अलपत्र पर्दै आएको हो। सिंगटी लामुसाँघु १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुंगेलले ठेकेदार कम्पनीको ढिलासुस्तीकै कारणले लामो समयदेखि अलपत्र पर्दै आएको बताए।
‘भारतीय ठेकेदार कम्पनीकै कारणले लामो समयदेखि आयोजना अलपत्र परेको हो,’ उनले भने, ‘अहिले आयोजनाको काम लगभग अन्तिम चरणमा छ।
आगामी डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ प्रमुख ढुंगेलले आयोजनाले ठेकेदार कम्पनीलाई पाँचपटकसम्म म्याद थप गरेको बताए। आजको नागरिक दैनिकमा हिमाल लम्सालले खवरव छापेका छन् ।