चकलेटी नायक आर्यन सिग्देल, प्रदिप खड्का र पुष्प खड्काको पहिलो पटक जम्काभेट भएको छ । राजधानीमा ‘रमाइलो टिभी’ को एक कार्यक्रममा उनीहरुको भेट भएको हो ।
कार्यक्रममा तीनै नायकले अंगालो मारेर फोटो खिचाएका छन् । खिचिएको फोटोमा देखिएको मुस्कानले उनीहरुबीच सुमधुर सम्बन्ध रहेको प्रस्ट्याउँछ । कार्यक्रममा आर्यन, प्रदिप र पुष्पसँग फिल्म र व्यक्तिगत जीवनबारे कुराकानी भएको जनाइएको छ ।
नेपाली चलचित्र क्षेत्रमा एक दशक अगाडि नायक आर्यन सिग्देलले एकलौटी राज गरेका थिए । चलचित्र निर्माताहरुलाई उनको टाउको मात्र पोस्टरमा राखेपछि फिल्म हिट हुने विश्वास थियो । केही वर्षयता उनको स्टारडमले हलमा दर्शक तान्न छाडेपछि नेपाली चलचित्र क्षेत्रमा भित्रिएका नायक हुन् प्रदिप खड्का र पुष्प खड्का । यी तीन नायकहरुको पहिलो भेटपछि धेरै दर्शकहरुले एकसाथ स्क्रिनमा देख्ने इच्छा व्यक्त गरेका छन् । Photo Source: Filmykhabar