काठमाडौं, १२ असोज । दशैंको मुखमा जागिर जाँदा के होला ? त्यो पनि एक दुई जनाको होइन, तीन हजारको । दशैंको मुखमा जागिर गएपछि तीन हजार कृषि तथा पशु सेवाका करारका कर्मचारी सडकमा पुगेका छन् । उनीहरुले दशैं नभनी काठमाडौं र ललितपुरको सडकमा धर्ना कस्नुपरेको छ ।
देशका दक्ष प्राविधिकहरु कार्यक्षेत्रमा सक्रिय हुनुपर्ने बेलामा सडकमा दैनिक धर्ना कसिरहेका छन् । उनीहरुको दशैं यसरी नै सडकमा बित्ने अवस्था बनेको छ तर सरकारबाट कुनै सुनुवाई भएको छैन ।
स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राबिधिक आन्दोलनका नयाँ कार्यक्रमका साथ सडकमा उत्रिएका छन् । एक हप्तायता आन्दोलनमा रहेका उनीहरुले माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलन शुरु गरेका छन् ।
अर्थ मन्त्रालयले कृषि बिभाग अन्तर्गत पशु सेवा बिभाग अन्तर्गत २०७२ साल देखी एक गाउँ एक प्राबिधिक रूपमा करारमा कार्यरत तीन हजार कृषि तथा पशु सेवा प्राबिधिकलाई २९ भदौ २०७६ देखि तलब नदिएर हटाउने निर्णय गरे सगै देश भरिका कृषि तथा पशु सेवा प्राबिधिक ले असोज ५ गते देखी आन्दोलन गरिरहेका छन् ।
आइतबार प्राविधिकहरुले माइतीघर देखी नयाँ बानेश्वर सम्म साँढे तीन घन्टा सम्म एक तर्फी सडक जाम गराए । दिउसो १स्३० बजे देखी सुरु भएको रयाली माइतीघर देखी बानेश्वर चोक अनि बानेश्वरबाट माइतीघर ४ बजे पुगेर कोण सभामा परिणत भएको थियो । द्रोश्रो चरणको आन्दोलनको कार्यक्रम तय गरिएको कृषि तथा पशु सेवा प्राबिधिक हकहित संरक्षण समितीका सदस्यका सदस्य धिरेन्द्र बस्नेत ले जानकारी दिएका छन् ।