Logo

गान्धीको शालिक अनावरण (फोटोफिचर)



काठमाडौं, १५ असोज । महात्मा गान्धीको आज १५० औं जन्मजयन्ती । संसारभर शान्तिको सन्देश फैलाउने गान्धी जन्मजयन्ती विश्वभर मनाइएको छ ।

गान्धीको सादगी जीवन र महान विचारले संसारमा नयाँ दर्शन प्रतिपादन भएको थियो । उनको दर्शनको प्रभाव नेपालमा उत्तिकै छ । गान्धीबाट प्रभावित भएर दक्षिण एशियामा रंगभेदविरुद्धको शान्तिपूर्ण आन्दोलन सफल भएको थियो । नेल्सन मण्डेला गान्धीवादी थिए । विश्वका धेरै आन्दोलन गान्धीबाट प्रभावित छ ।

नेपालमा निकै सम्मानित गान्धीको शालिक अनावरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासमा गान्धीको शालिक अनावरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी र गान्धीवादी भद्रकुमारी घलेले संयुक्त रुपमा शालिक अनावरण गरेका थिए ।


तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्