अभिनेता राणा दग्गुबाती केहि महिनादेखि आफ्नो स्वास्थ्यलाई लिएर निकै चर्चामा आएका छन् । सामाजिक सञ्जालमा सेयर भएको उनको एक ब्रान्ड प्रमोशनको तस्विरले सबै प्रशंसकलाई चिन्तित बनाएको हो । राणा उक्त तस्विरमा निकै दुब्लो देखिएका छन् । उनको यस्तो पोष्टमा सबै फ्यानहरुले उनको स्वाथ्य अवस्थाको बारेमा चासो व्यक्त गरेका छन् ।
उनी साउथको ब्लकबस्टर फिल्म ‘बाहुबली’ मा भल्लालदेवको भूमिका निर्वाहा गरेपछि चर्चामा आएका हुन् । उनी र उनको परिवार किड्नी ट्रान्सप्लान्ट सर्जरीका लागि अमेरिका गएको खबर बाहिरीएपछि उनले एक स्टेटमेन्टमा आफु ठिक भएको कुरा उल्लेख गर्दै त्यो हल्लाको खण्डन गरेका थिए ।
निकै ठूलो स्केलमा बन्न लागेको आफ्नो नयाँ फिल्म “हिरण्यकश्यप” को लागि राणा अहिले अमेरिका गएका छन् । फिल्म “बाहुबली” मा अभिनेता प्रभाससँग भिड्नका लागि उनले एक पौराणिक योद्धाजस्तो शरीर बनाएका थिए । फिल्म “बेबी” मा पनि उनी एक खुफिया एजेन्टको भूमिका निर्वाह गर्न विल्कुल फिट शेपमा देखिएका थिए । Photo Source: ranadaggubati Instagram