१९ असोज : इरान र टर्कीबीच सुरक्षा सहकारिता बढाउने विषयमा शनिबार दुई देशबीच सम्झौता भएको तस्निम समाचार समितिले जानकारी दिएको छ ।
आङ्कराका लागि इरानका राजदूत मोहम्मद फराजामन्द र टर्कीका उपमन्त्री मुहतेरेम इन्सेले सुरक्षाका क्षेत्रमा दुई छिमेकी देशहरूबीचको सम्बन्ध बढाउनेलगायतका विभिन्न विषयमा छलफल गर्नु भएको बताइएको छ ।
‘इरान र टर्कीको कानुन कार्यान्वयन, सुरक्षा र आतङ्कवाद, अवैध लागूपदार्थ र संगठित अपराधहरु विरुद्धको लडाईमा सहयोग रहने ’ फराजमान्डले टर्कीको राजधानी आङ्कारामा भएको बैठकमा बताउनु भएको छ । टर्कीले इरानको मुख्य व्यापार साझेदारका रूपमा रहेको छ । रासस