काठमाडौं २० असोज । प्रतिनिधिसभा नियमावली–२०७४, अनुसार कृष्णबहादुर महराको संसद पद अब स्वतः निलम्बनमा पर्नेछ । फौजदारी अभियोग लागेका महराले सांसद पदको हैसियतमा कुनै अधिकार, सेवा, सुविधा र पारिश्रमिक पाउनुहुने छैन । संसद नचलेकाले सांसदहरुलाई महरा फौजदारी
अभियोगमा पक्राउ सूचना संसद सचिवालयको सूचना पाटीमा टाँसेर जानकारी गराइनेछ ।
तर, अहिले दशैंका कारण संसद सचिवालय पनि बन्द छ । २२ असोजसम्म दशैंको सार्वजनिक विदा भएकाले २३ असोज पछि मात्रै महरा निलम्बनमा परेको सूचना टाँसिने उपसभामुख शिवमाया तुम्बाहाङ्फेको सचिवालयले जनाएको छ । महराको राजीनामा सँगै सभामुख पद रिक्त भइसकेको छ । तर, सांसद पद भने रिक्त हुने व्यवस्था संविधान र संसद नियमावलीमा छैन ।
प्रतिनिधिसभा नियमावली–२०७४, को नियम २४४ ९३० र ९४० अनुसार, महरामाथि लागेको आरोप प्रमाणित भएमा पनि उनको सांसद पद रिक्त हुने छैन ।
संविधान विद् बिपिन अधिकारी महरामाथि लागेको आरोप प्रमाणित हुँदा समेत सांसद पद भने रिक्त नहुने बताए ।