काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनफिङ अहिले साँझ ४ः५५ मा काठमाडौं अवतरण गर्दैछन् । उनको स्वागतको लागि विमानस्थलमा ठूलो संख्यामा नेपालीहरुको भीड लागेको छ । उनको स्वागतको लागि सरकारले स्कुले विद्यार्थीहरुलाई विभिन्न भेषभुषामा दुवै देशको राष्ट्रिय झण्डासहित लामवद्ध बनाएर राखेको छ ।
अर्को रोचक के छ भने स्वागतको लागि ७ वटै प्रदेशका झाँकीहरु देखाउने पनि कार्यक्रम छ । पत्रकार ऋषि धमलाले दिएको जानकारीअनुसार सीको स्वागतको लागि कलाकारकाहरु तैनाथमा छन् । सीलाई दिईने गार्ड अफ अनरको लागि नेपाली सेनाको एक टुकडी पनि विमानस्थलमा पुगिसकेको छ । सञ्चारकर्मीहरुको व्यापक उपस्थिति छ । PHOTO SOURCE: MY REPUBLICA