Logo

राष्ट्रपतिको सम्मानमा आयोजित रात्रीभोजमा के के थियो (सूचीसहित)



काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा रात्रीभोज आयोजना गरिन् । स्टेट बैंकेटमा आयोजित रात्रीभोजमा नेपाली परिकारहरु बढी थिए ।

शुरुमा बारा, मोः मो, लुक्लाको सीमासँग भटमास साँधेको थियो । सुपमा कुरिलो र क्वाँटीको रस थियो ।

मुख्य मेनुमा आलु तारेको, खसीको मासु थियो । साकाहारीमा नर्वेजियन साल्मन थियो । चिनियाँ परिकार पनि राखिएको थियो । फ्राइड नुडल्स राखिएको थियो ।

डिजर्टमा मास्कारपोन डेट्स र बेरिज थियो । इलामे चीया र गुल्मीको कफी पनि राखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्