Logo

कहाँ हरायो उषा खड्गीको “आउँदै जाँदै”



गएको २ वर्ष अगाडि अभिनेत्री उषा खड्गीले चलचित्र “आउँदै जाँदै” को घोषणा गरेकी थिइन् । चलचित्र निर्मातामा आफ्नो नाम रहेकी उषाकै श्रीमान जी.पी तिमल्सेनाले चलचित्र निर्देशन गर्ने जनाइएको थियो । नेपाली चलचित्र क्षेत्रमा फिल्मको घोषणा गरेर निर्माण नभएका चलचित्रहरुको बढ्दो संख्यामा उषाको चलचित्र पनि समावेश भएको छ । उषा खड्गीले सन् २००० मा मिस नेपालको ताज पहिरिएकी थिइन् ।

यतिबेला उषा र जी.पीबीच डिभोर्सको चर्चा चलिरहेको बेला उनीहरु दुवैले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । डेढ दशक लामो वैवाहिक सम्बन्ध दोधारमा रहँदा २ वर्ष अगाडि घोषणा भएको चलचित्र निर्माणमा शंका उत्पन्न भएरहेको छ ।

चलचित्रको लागि कलाकार सम्म छनोट नगरी “आउँदै जाँदै” को निर्माण घोषणा गरिएको थियो । युवापुस्तामा हुने आकर्षण, त्यसले जोड्ने प्रेम र टाढा हुनुको पीडालाई देखाइने भनिएको चलचित्रको छायांकन काठमाडौं, चितवन र अष्ट्रेलियामा हुने जानकारी दिइएको थियो । अहिले चलचित्र निर्माणको कार्य नै अलमल्लमा परेको छ ।
Photo Source: Supernepal



प्रतिक्रिया दिनुहोस्