काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनले संघको नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । त्यस्तै, एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ विजयी भएका छन् । उनले २१७मत प्राप्त गरेर विजय हाँसिल गरेका हुन् ।
त्यस्तै, दुई उपक्षेत्रीय संयोजकमा पारसमणि पोखरेल १९५ र खगेन्द्र न्यौपाने १९८ मत ल्याएर विजयी भए । महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्बिरोध निर्वाचित भएका छन् ।