काठमाडौं, १ कात्तिक । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा निकालेको छ । दशैं लगत्तै पाँचजना सिडिओको सरुवा गरेको हो । शक्रबार बसेको मन्त्रीस्तरीय बैठकले सीडिओहरुको सरुवा निकालेको हो ।
गृहका अनुसार बर्दियाका सिडियो राम बहादुर कुरुम्वाङ स्याङजा सरुवा भएका छन् ।स्याङजाका कोशहरि निरौलालाई गुल्मी सरुवा गरिएका छन् । कुरुम्वाङको ठाउँमा इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तुका उपसचिव प्रेमलाल लामिछानेलाई पठाएको छ ।
गुल्मीका सिडिओ यदु नाथ पौडेललाई दार्चुला सरुवा गरी दार्चुलाका सिडिओ शंकर बहादुर विष्टलाई इलाका प्रशासन कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाएको छ ।