काठमाडौं, २ कात्तिक । विगत चारदिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराईरहेका बलिउड अभिनेता अमिताभ बच्चनलाई के भएको हो भनेर समाजिक सञ्जालहरुमा विभिन्न अनुमानहरु सार्वजनिक भईरहेका छन् ।
मुम्बईस्थित नानावती अस्पतालमा उपचार गराई रहेका बच्चनलाई भारतीय सञ्चार माध्ययमहरुले कनै खास रोगबाट ग्रसित भएर अस्पताल भर्ना भएको नभई फलो चेक अपको लागि अस्पताल पुगेको बताएका छन् ।
केहि भारतीय अनलाइनहरुले लेखेका छन् ‘बच्चन रुटिन चेकअपका लागि मंगलबार अस्पताल भर्ना भएका हुन् । सन २०१२ मा पनि उनी सर्जरीका लागि १२ दिनका लागि अस्पताल भर्ना भएका थिए ।’
तर, पाँँच दिनसम्म अस्पतालमा भर्ना भएर गराएको उपचार फलोअप चेकअप हुन नसक्ने पनि केहि सञ्चार माध्ययमहरुले लेखेका छन् । बच्चनको स्वास्थमा चाँडै सुधार होस् भन्दै उनको प्रसंसकहरु अस्पाल बाहिर ठूलो संख्यामा उपस्थित भई प्राथना गर्दे आएका छन् ।
खासमा बच्चन लिभर क्यान्सरबाट ग्रसित रहेको खवर बेला बेला सार्वजनिक भईरहन्छ। केहि समय पहिले मात्रै उनले उक्त रोगको अमेरिकास्थित एक अस्पतालमा उपाचार गराएका थिए ।