काठमाडौं। निर्वाचन आयोगले १४ मंसिरमा हुने प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहको उपनिर्वाचनका लागि ५२ जना निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगको आइतबारको बैठकले ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ११ जना न्यायसेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा खटाएको हो ।
विभिन्न ३७ जिल्लामा गरी कुल ५२ रिक्त पदमा हुने उपनिर्वाचनका लागि आयोगले उम्मेदवारको मनोनयनदेखि निर्वाचनसम्मको कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि २१ कात्तिक र स्थानीय तहका लागि २७ कातिकमा मनोनयन दर्ता हुने जनाएको छ । कुल ५२ रिक्त पदमा उपनिर्वाचन हुन गैरहेको राजधानी दैनिकले खवर लेखेको छ ।