Logo

पौडेल र नेम्वाङलाई दायाँ बायाँ राखेर प्रचण्डले भने : ओलीजीले सहमति कार्यान्वयन गर्नुहुन्छ



पाँचथर, ५ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिको भावनाअनुसार नै आफूहरु अघि बढ्ने स्पष्ट पारेका छन् । उनले भने,‘पार्टी एकताका क्रममा भएका सहमतिहरु कसैले तोडेको छैन । सहमति अनुसार नै हामी अगाडि बढिरहेका छौ ।’

पार्टी प्रशिक्षण कार्यक्रममा मंगलबार पाँचथर आईपुगेका प्रचण्डले यस्तो बताएका हुन् । उनले सहमति कार्यान्वयन भएन भनेर मिडियामा आएका कुराहरु भ्रममात्रै भएको टिप्पणी गरे । उनले भने,‘सहमति कार्यान्वयन भएन भनेर होहल्ला र प्रचारबाजी भएका छन्, यसको भर नपर्न पनि म आग्रह गर्छु ।’ प्रचण्डले नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र महासचिव विष्णु पौडेललाई साक्षी राखेर यस्तो बताएका हुन् । दाहालसँगै उक्त कार्यक्रममा नेताद्धय नेम्वाङ र पौडेलको पनि सहभागिता थियो ।

उनले हिजोमात्रै पनि प्रधानमन्त्री ओलीसँग आफूले दुई घण्टा छलफल गरेको सुनाउँदै आफूहरुबीच अत्यन्तै राम्रो र सकारात्मक वातावरण रहेको विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्