Logo

एम्बुलेन्सले लियो अभिनेत्रीको ज्यान



२५ वर्षीय मराठी फिल्मकी अभिनेत्री पूजा झुन्जरको निधन भएको छ । समयमा एम्बुलेन्स उपलब्ध नभएको कारण अभिनेत्री पूजाको मृत्यु भएको हो । उनको आफन्तले समयमै एम्बुलेन्स पाएको भए बचाउन सकिने दाबी गरेका छन् ।

भारतीय मिडियाले पूजासँगै उनले जन्म दिएको शिशुको पनि मृत्यु भएको उल्लेख गरेका छन् । मध्यरातमा प्रसव पीडा पछि पूजालाई मुम्बईको गोरेगाँवस्थित प्राथमिक चिकित्सा केन्द्र लगिएको थियो । उनले सोही अस्पतालमा शिशुलाई जन्म दिएपनि शिशुको निधन भैसकेको थियो ।

उक्त अस्पतालबाट डाक्टरहरुले शिशुको निधनपछि पूजालाई चिकित्सा केन्द्रबाट ४० किलोमिटर टाढा रहेको हिंगोली अस्पताल लैजान आग्रह गरे । त्यहाँ पुर्याउन एम्बुलेन्सको आवश्यक पर्यो । एम्बुलेन्सको लागि उनीहरुले धेरै समय कुर्नुपर्यो । तर, अस्पताल पुर्याउनु भन्दा अगाडि नै उनको मृत्यु भईसकेको थियो ।



प्रतिक्रिया दिनुहोस्