Logo

राजपुर बमकाण्ड : साँघुरिँदै अनुसन्धान, थपिँदै साबिती बयान



काठमाडौं, कार्तिक ८ । प्रहरीले राजपुर बमकाण्डमा थप साक्षी जुटाएको छ । घटना नै नभएको भनि अस्वीकार गर्ने र पोलिग्राफ परीक्षण गर्न पनि प्रमुख आपित महम्मद अफताव आलमले नमानेको अवस्थामा विभिन्न साक्षिले घटना भएको बताएका छन् ।

प्रहरीले राजपुर बमकाण्डका मृतकको कपडा र खरानी पनि जाँचको लागि पठाएको छ । घटनामा मारिएको भनि दावी गरिरहेका दुवै परिवारबाट बाँकी रहेको कपडा संकलन गरी प्रहरीले जाँचको लागि पठाएको हो ।

यसैगरी बम बिष्फोटनपछि मृत्यु भएकालाई जलाइएको भनिएको इँटा उद्योगको खरानी पनि प्रहरीले परीक्षणको लागि पठाएको छ ।
आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्