Logo

दिपक मल्होत्रामाथि कर छलीमा अनुशन्धान !



काठमाडौं, ८ कात्तिक । दिपक मल्होत्रा नेपालमा विवादित नाम हो । उनको नाम कहिले कर छली प्रकरण त कहिले सुन तस्करीमा मुछिने गरेको छ । गणतन्त्र स्थापनापछि अस्वभाविक रुपमा आर्थिक हैसियत हाँसिल गरेका मल्होत्राको नाम पछिल्लो समय कर छलीमा मुछिएको छ । मल्होत्रामाथि मोवाइल आयात तथा निर्यातको नाममा नक्कली कम्पनी खडा गरी करोडौं कर छली गरेको आरोप लाग्दै आएको छ ।

यही प्रकरणमा मल्होत्रालाई धेरै अघिदेखि ठूला करदाता कार्यालयले १८ करोड रुपैयाँ ३५ दिनभित्र तिर्न भन्दै पटक–पटक पत्राचार गरेको थियो । तर, उनले राजनीतिक शक्तिको आडमा उक्त केशलाई लिङगरिङ गर्दै आएका छन् । पछिल्लो समय मल्होत्रा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो नजिकको सम्बन्ध रहेको दाबी गर्दै हिँडेका छन् ।

मल्होत्रामाथि सामसङ मोवाइलको व्यापार गर्न खडा गरेको कम्पनी इन्टिग्रेटेड मोविलिटी सोलुसन्स अर्थात् आइएमएसमार्फत कर छलीमा लागेको गम्भिर आरोप छ । करदाता कार्यालयले कर चुक्ताको लागि पत्र पठाएको घट्ना नौलो होईन । तर, पछिल्लो समय उनलाई ठूला करदाता कार्यालयले बयानको लागि बोलाएको स्रोतको दाबी छ ।

आफ्नै नामको अर्को कम्पनी खडा गरी भ्याट फिर्ताको सुविधाको दुरुपयोग गर्दै राज्यलाई उनले करोडौं भ्याट छली गरेका छन् । उनले वर्तमान प्रधानमन्त्री ओलीसँगको सम्बन्ध देखाएर कर छल्ने काम गरेका छन् । तर, अब उनलाई शक्तिको आडमा बसेर कर छल्ने सुविधा नभएको आन्तरिक राजश्व विभागका अधिकारीहरुको भनाई छ । त्यतिमात्रै होईन, उनीमाथि सम्पत्ति शुद्धिकरण विभागले पनि बयान लिन लागेको स्रोतको दाबी छ । उनीमाथि कर छलेर अकुत सम्पत्ति आर्जन गरेको गम्भिर आरोप छ ।



प्रतिक्रिया दिनुहोस्